महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान श्रीमतीको मृत्यु भएको छ। सोमबार दिउँसो बर्दिबास नगरपालिका – ३ कालापानी जंगलस्थित सडकमा बा.प्र. ०२-०४३ प ७१८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। सर्लाही ईश्वरपुर नगरपालिका-५ बस्ने ३५ वर्षीय मनोज चौधरी र उनकै श्रीमती २४ वर्षीया शिवानी चौधरीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको लागि बर्दिबासस्थित जनसेवा अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
