काठमाडौँ । कालीकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनराज शाहीसहित नाै जनाविरुद्ध आज विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सडक निर्माणमा तोकिएअनुसार काम नगरि ३८ लाख ७६ हजार रुपैयाँ अनियमितता गरेको अख्तियारले जनाएको छ ।
आयोगले शाही, गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, तत्कालीन इन्जिनियर रुद्रबहादुर वली, सब–इन्जिनियर हरिप्रसाद पाण्डेय, लेखापाल मलिम रावत, महावै–३ का तत्कालीन वडाध्यक्ष गौकला सिंह, उपभोक्ता समितिका अध्यक्ष अकल सुनार, कोषाध्यक्ष जर्मकला काफ्ले, सचिव दधि कामीविरुद्ध सडक निर्माणका क्रममा अनियमितता गरेको भन्दै मुद्दा दर्ता गरेको हो ।
