नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ । बुधबार २७ सयले घटेको सुनको मूल्य एक दिनमै फेरी २ हजारले बढेको हो ।

आज छापावाल सुनको मूल्य १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *