काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।

केही दिनयता उच्च तापक्रम मापन भइरहेका बेला आज भने नेपाली आकाशमा बादल देखिएको छ । आकाशमा बादल देखिएसँगै तापक्रम केही घटेकाले कम गर्मीको महसुस भएको हो । 

शुक्रबार काठमाडौँको अधिकतम तापक्रम बुधबार र बिहीबारको तुलनामा घटेर ३०.५ डिसेमा झरेको छ । यसअघि काठमाडौँको तापक्रम ३३ डिसेभन्दा माथि पुगेको थियो । शुक्रबार काठमाडौँमा हल्का बादल लागेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला दुई साता लगातार तापक्रम बढिरहेकोमा बादल लाग्न थालेपछि तापक्रम केही घटेको हो । महाशाखाले शनिबार पश्चिमी न्यूनचापीय प्रणाली प्रवेश गर्ने र यो प्रणालीले वर्षासमेत गराउने आङ्कलन गरेको छ । 

शनिबार देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

शनिबार राति कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

आइतबार दिउँसो  देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी,गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

राति देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *