काठमाडौँ । भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने भएको छ । भारतमा लोकसभा चुनावका लागि नेपाल–भारत सीमा सिल हुने भएका कारण यही वैशाख २३ देखि २५ गतेसम्म रेल सेवा बन्द रहने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

भारतको मधुवनी जिल्लाको भन्झारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५) मा लोक सभा चुनाव हुँदैछ । चुनावको सुरक्षालाई देखाएर भारतीय पक्षले आज मध्यरातिदेखि आउँदो मंगलवार मध्यरातिसम्म नेपाल भारत सीमा क्षेत्रको नाका बन्द गर्ने निर्णय गरेको छ । भारतको यो निर्णयका कारण आइतवारदेखि मंगलवारसम्म रेल्वे सेवा बन्द हुने भएको हो ।

इण्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने गरी नेपाल भारत दुवै पक्षतर्फको बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयअनुसार रेल सेवा तीन दिन बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *