काठमाडौँ । दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायम नै राखेको छ ।

दिल्लीले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय १ रनमात्रै बनाउन सक्यो । राजस्थानका कप्तान सन्जु सामसनले ४६ बलमा ८ चौका र ६ छक्का सहित ८६ रन बनाए भने अन्य ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन् । रियान परागले २७, शुभम दुबेले २५ रन, जोस बटलरले १९ र रोभमन पावेलले १३ रन बनाए । त्यस्तै ओपनर यशस्वी जैसवाल भने ४ रनमै आउट भए । दिल्लीको जितमा खलिल अहमद, मुकेश कुमार र कुलदीप यादवले दुई/दुई विकेट लिए भने अक्षर पटेल र रशिख सलामले एक/एक विकेट लिए ।

यसअघि घरेलु मैदानमा पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेटको क्षतिमा २२१ रन बनाएको थियो । दिल्लीका लागि अभिषेक पोरेलले ३६ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ६५ रन बनाए । त्यस्तै जेक फ्रेजर मैकगर्कले २० बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ५० रन जोडे । ट्रिस्टान स्टुब्स्ले ४१ रन, गुलबदनले १९, अक्षर पटेल र ऋषभ पन्तले १५/१५, रसिक सलामले ९ र कुलदीप यादवले ५ रन जोडे । राजस्थान रोयल्सका रविचन्द्र अश्वनीले तीन, युजभेन्द्र चाहल, ट्रेन्ट बोल्ट र सन्दीप शर्माले एक/एक विकेट लिए ।

यो जितसँगै १२ खेल खेलेको दिल्ली १० अंक सहित लखनउलाई पछि पार्दै पाँचौँ स्थानमा उक्लिएको छ । पराजित भए पनि ११ खेलमा १६ अंक प्राप्त गरेको राजस्थान दोस्रो स्थानमै कायम छ । पहिलो स्थानमा रहेको कोलकत्ताको ११ खेलमा १६ अंक नै रहेको छ । तेस्रो स्थानमा आसिन चेन्नाई, चौथो स्थानको हैदराबाद र छैठौं स्थानको लखनऊको समान ११ खेलमा समान १२ अंक रहेको छ ।

आईपिएलना बुधवार हुने एकमात्र खेलमा सनराईजर्स हैदराबाद र लखनऊ सुपर जाएन्ट्स खेल्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *