काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद बैठकमा बोल्न दिने निर्णय गरेको छ । आज (शुक्रबार) बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् सांसदको हैसियतले बोल्न दिने निर्णय गरेको हो ।
कांग्रेसले सहकारी मुद्दामा लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आएको छ । संसद्को बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । प्रमुख दलका शीर्ष नेताहरूले सम्बाेधन गरेपछि संसद् अवरोधलाई निरन्तरता दिने कांग्रेसको तयारी छ ।
संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । यसअघि काँग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्नुपर्ने माग गर्दै लामिछानेलाई रोष्ट्रम प्रयोगमा रोकेको थियो । बजेट अधिवेशनको पहिलो दिन आज प्रतिनिधिसभामा शीर्ष नेताहरूलाई सम्बोधन गर्न दिने सम्भावित कार्यसूची छ ।
