काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरु(आरसिबी)ले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा बेंगलूरुले दिल्लीलाई ४७ रनले हराएको हो ।

टस हारेर सुरुमा ब्याटिङ गरेको बेंगलूरुले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १८७ रन बनाएको थियो। उसका लागि रजत पटिदरले सर्वाधिक ५२ रन बनाए । विल ज्याक्स ४१, क्यामरुन ग्रिन ३२ रनमा आउट हुँदा विराट कोहलीले २७ रन जोडे ।दिल्लीका खलिल अहमेद र राशिक सलमले समान दुई-दुई विकेट लिए भने इशान्त शर्मा, मुकेश कुमार र कुलदीप यादवले एक-एक विकेट हात पारे।

१८८ रनको लक्ष्य पछ्याएको दिल्लीका कप्तान अक्षर पटेलले सर्वाधिक ५७ रन बनाए। साइ होप २९, ज्याक फ्रेसर क्याकग्रुकले २१ रन जोड्दा राशिक सलामले १० रन बनाए। बेंगलूरुका यश दयालले ३ विकेट लिए भने लोकी फर्गुसनले दुई विकेट लिँदा स्वप्निल सिंह, मोहम्मद सिराज र क्यामरुन ग्रिनले एक-एक विकेट लिए।

जित पछि पाँचौँ स्थानमा उक्लिएको बेंगलूरुको १३ खेलमा १२ अङ्क भएको छ । समान खेल र समान अङ्क रहेको दिल्ली छैटौँ स्थानमा छ ।

यसैबीच,  राजस्थान रोयल्सलाई हराएर चेन्नई सुपर किंग्सले प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । घरेलु मैदानमा हिजो भएको पहिलो खेलमा चेन्नईले राजस्थानलाई ५ विकेटले हराएको हो । राजस्थानले दिएको १ सय ४२ रनको लक्ष्य चेन्नईले १० बल बाँकी छँदै ५ विकेट गुमाएर भेटायो । चेन्नईका लागि कप्तान रुतुराज गाईक्वाडले अविजित ४२ रन बनाए । राजस्थानका रविचन्द्रण आश्विनले २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४१ रन बनायो । राजस्थानका रियान परागले सर्वाधिक ४७ रन बनाए । चेन्नईका सिमरजित सिंहले ३ विकेट  लिए । जित पछि एक खेल खेल्न बाँकी रहेको चेन्नई १४ अङ्क सहित तेस्रो स्थानमा छ । राजस्थान १२ खेलमा १६ अङ्क सहित दोस्रो स्थानमा छ ।

आईपीएलमा आज  गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *