बर्दिया । बर्दियामा चितुवाको आक्रमणबाट ठाकुरबाबा नगरपालिकाको एउटै गाउँका तीन जना घाइते भएका छन् ।

बुधबार बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट आएको चितुवाको आक्रमणबाट ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ६ बनखेत गाउँ बतैया टोलका २४ वर्षकी राममाया चौधरी, ५० वर्षका होलुराम थारु र २३ वर्षका हिमाल अधिकारी घाइते भएका शिवपुर उपभोक्ता समितिका अध्यक्ष दीपेन्द्र बुढाले जानकारी दिएका छन् ।

घाइते तीनै जनालाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाएको अध्यक्ष बुढाले बताउनुभयो । उनीहरूलाई घरखेतमा हिँडिरहेका बेला चितुवाले आक्रमण गरेको हो । मध्यवर्ती क्षेत्रका गाउँ बस्तीमा केही साता अघिदेखि चितुवाले आतङ्क मच्चाएको खबर आएको थियो बुधबार बिहान एक्कासि ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ बनखेत गाउँको बतैया टोलमा चितुवा आएर तीन जनालाई घाइते बनाएको समितिका अध्यक्ष बुढाले बताए ।

विगत केही साता यता निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका गाउँमा चितुवाले बङ्गुर, बाख्रासमेत आक्रमण गरि मार्दै आएको स्थानीय बासिन्दाले जनाएका छन् । चितुवाको आक्रमणबाट एउटै गाउँका तीन जना घाइते भएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *