काठमाडौँ । गृह मन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ ।
गृह मन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बढुवा समितिको बैठकले चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरू कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोज केसी र राजन अधिकारीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
मेरिटसँगै कार्यक्षमताको आधारमा बढुवा सिफारिस गरिएको र यसले सङ्गठनलाई बलियो बनाउने हेड क्वाटर स्रोतले बतायो ।

