काठमाडौँ । लोक सेवा आयोगले सहसचिवको अन्तिम नतिजा सार्वजनिक गरेको छ । जसमा प्रशासन सेवातर्फ चार जना, एक जना न्याय सेवाको कानून समूहतर्फ र एक जना लेखापरीक्षण सेवातर्फ सिफरिस भएका हुन् ।
लोक सेवा आयोगको विज्ञापन नम्बर १६६७७-०८०-८१ (मधेसी) लेखापरीक्षण सेवा, विज्ञापन नम्बर १६६५६-०८०-८१ (खुला) न्याय सेवा र विज्ञापन नम्बर १६६५८-०८०-८१ (खला) प्रशासन सेवा तर्फ लिएको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।
प्रशासन सेवामा खुलातर्फ कृष्णाकुमारी श्रेष्ठ र कृष्ण पौडेल सिफारिस भएका छन् भने महिलातर्फ कविता रेग्मी र मधेशी श्रीराम ठाकुर सिफारिस भएका छन् । यस्तै नेपाल न्याय सेवा, कानून समूहतर्फ लिलाधर सुवेदी र नेपाल लेखापरीक्षण सेवातर्फ रामप्रकाश महतो सिफारिस भएका छन् ।
जेठ एक र दुई गते भएको अन्तरवार्तामा प्रशासनको खुलातर्फ दुई जनाका लागि चार जना, महिलातर्फ एक जनाका लागि चार जना, मधेशीतर्फ एक जनाका लागि तीन जना अन्तरवार्ता चरणसम्म पुगेका थिए ।
यस्तै न्याय सेवाको कानून समूहतर्फ तीन जना र लेखापरीक्षण सेवातर्फ एक जनाका लागि पाँच जना अन्तरवार्ता चरणसम्म पुगेका थिए ।



