बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका – ८ हसनापुरकी ३५ वर्षीया मनिषा रोकाय रहेकी छिन् ।

बाँसगढी नगरपालिका – ४ जनचेतना सामुदायिक वन बढुवार गाउँ नजिक बाघको आक्रमणबाट रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।

मृतक रोकाय आफ्नी दिदी ४० वर्षीया कैलाशपति थारूसँगै बाँसगढी नगरपालिका – ४ बठुवा जाने क्रममा बाघको आक्रमणमा परेकी थिइन् । उनकी दिदी कैलाशपति भने सकुशल रहेकी प्रहरीले जनाएको छ ।

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण बिडारीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।

यसैबीच करिब रातीको ८ बजेतिर सोही स्थानमा पाटे बाघ देखिएको उक्त बाटोमा ओहोरदोहोर गर्ने स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *