काठमाडौँ । हाल नेपालमा स्थानीय वायुसँगै भारतको उत्तर प्रदेश आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ  । कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो लुम्बिनी र गण्डकीका धेरैजसो ठाउँका साथै देशभरको पहाडी क्षेत्रमा आँशिकदेखि सामान्य बदली भइ केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भूभाग तथा बाँकी भुभागको केही ठाउँमा हावाहुरी र चट्याङको जोखिम रहेकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

आज राति गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशका थोरै तथा बाँकी पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *