काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पुन चर्किएको कारण उडान प्रभावित भएको छ । धावनमार्ग चर्किएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुबै तर्फका उडान रोकिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महानिर्देशक जगन्नाथ निरौलाले बताएका छन् ।
धावन मार्ग टाल्न समय लागेसँगै एक घण्टा भन्दा बढी समयदेखि उडान रोकिए उनले बताए । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका सयौँ यात्रु अहिले उडानको प्रतिक्षामा रहेका छन् । विमानस्थलमा पटक पटक यस्ता घटना भइरहँदा यात्रुलाई भने सास्ती भएको छ ।
