काठमाडौँ । नेपालमा स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जसको प्रभाव आज देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। 

अहिले कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानहरू तथा  बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम,कर्णाली र गण्डकी प्रदेशका एक-दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशको केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *