काठमाडौँ । साफ यु-२० च्याम्पियनसिपमा घरेलु टिम नेपालले पहिलो खेल श्रीलंकाविरुद्ध खेल्ने भएको छ । नेपालमा आउँदो अगस्ट १६ देखि २८ सम्म हुने साफ यु-२० पुरुष च्याम्पियनसिपको उद्घाटन खेलमा श्रीलंकासँग खेल्ने भएको हो ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधवार सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेल अगस्ट १६ मा दिउँसो २ बजे र सोही दिन साँझ ६ बजे बंगलादेश र पाकिस्तानबीचको खेल हुनेछ ।
समूह ए मा रहेको नेपालले दोस्रो खेल पाकिस्तान विरुद्ध अगस्ट १९ मा खेल्नेछ भने तेस्रो खेल बंगलादेश विरुद्ध अगस्ट २२ मा खेल्नेछ ।
समूह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । सेमिफाइनलका दुवै खेल अगस्त २६ का दिन हुनेछ भने फाइनल अगस्त २८ का दिन हुनेछ ।
समुह ए मा नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंका छन् भने समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेको छन् ।
