जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत महिला प्रहरी जवान कार्यालयमै मृत फेला परेकी छन् । प्रहरी जवान करिष्मा सुनार मृत भेटिएकी हुन् ।
सुनार कार्यालयको महिला तथा बालबालिका सेलभित्र मृत फेला परेको सिरहा प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर उदयभान द्विवेदीले जानकारी दिए । उनका अनुसार सुनार मृत भेटिएको बाथरुममा भित्रबाट चुकुल लगाएको पाइएको छ ।
घटनाको प्रकृति हेर्दा आत्महत्या नै गरेको देखिएपनि घटना शंकास्पद रहेको स्रोतले जनाएको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय खाली गराइएको र सेवाग्राहीलाई ‘विशेष बैठक’ भन्दै कार्यालय परिसरबाट फिर्ता पठाइएको सेवाग्राहीहरुले बताएका छन् ।
बाँके जिल्ला घर भएकी सुनुवारको जिल्ला स्थित कर्जन्हा प्रहरी चौकिमा दरबन्दी रहेपनी काजमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत बताइएको छ ।
