काठमाडौँ । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले दक्षिण अफ्रिकालाई निर्धारित २० ओभरमा सात विकेट लिएर ११५ रनमै रोकेको हो ।

दक्षिण अफ्रिकाका लागि रिजा हेन्डरिक्सले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । ट्रिस्टन्स स्टुब्सले १८ बलमा २७ रन, आडन माक्रमले २२ बलमा १५ रन जोडे । क्वीनटन डिकक १०, हेनरिच क्लासेन ३ र डेविट मिर ७ रनमा आउट भए । कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए ।

dipendra singh airee

नेपालका लागि दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल र सन्दीप लामिछानेले सानदार बलिङ गरे । भुर्तेलले चार तथा ऐरीले तीन विकेट लिए । ४ ओभर बलिङ गर्दै भुर्तेलले १९ रनमात्र दिए ।

त्यस्तै, ऐरीले ४ ओभर बलिङ गर्दै मात्र २१ रन खर्चिए । यस खेलमा कम्ब्याक गरेका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन् ।

नेपाललाई अन्तिम आठमा स्थान बनाउन दक्षिण अफ्रिकाविरुद्धको आजको खेल जित्नैपर्ने दबाब छ । दक्षिण अफ्रिका भने समूह ‘डी’बाट सुपर आठमा पुगिसकेको छ ।

दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन वटै खेलमा जीत हासिल गरेको थियो । उसले श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्डसलाई पराजित गर्दै एक खेल अगावै सुपर आठमा पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *