अविरल बर्षासँगै आएको पहिरोले लमजुङको क्व्होलासोथार गाउँपालिका-३ बगुममा तीन वटा घर पुरिँदा चारजनाको मृत्यु भएको छ।

पहिरोमा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उहाँकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले जानकारी दिए।

उनले प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरूको शव निकालेका हुन्।