काठमाडौँ । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदै छन् । शनिबार बिहान ११ बजे मधेश प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची रहेको छ ।

प्रदेश सरकारको बजेटमा भएको त्रुटि संशोधन गरेर अगाडि बढ्ने र नयाँ सत्ता गठबन्धनअनुसार सरकारमा सहभागी हुने विषयमा छलफल भए सँगै मुख्यमन्त्री सिंह नेतृत्वको सरकारलाई नेकपा एमालेले विश्वासको मत दिने भएको हो । 

मधेस प्रदेशमा जनमत नेतृत्वको सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी छन् ।