नेपाली कांग्रेसले पार्टीका सम्पूर्ण प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ।

भोलि शुक्रबार विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिनका लागि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रह्विप जारी गरेका हुन्।

प्रचण्ड नेतृत्वको सरकारमा रहेको एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले संसदबाट पुनस्विश्वासको मत लिनुपर्ने भएको हो।

एमालेले माओवादीसँगको गठबन्धन छाडेर नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार बनाउँदै छ। यसका लागि कांग्रेस र एमालेबीच सहमति भइसकेपछि एमालेका मन्त्रीहरूले राजीनामा दिएर सरकारबाट बाहिरिसकेका छन्।

आलोपालो सरकार चलाउने सहमति कांग्रेससँग भएपछि एमाले पहिलो चरणमा सरकारको नेतृत्व गर्ने तयारीमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *