नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा आइतबार प्रधानमन्त्री नियुक्त हुँदैछन्।

सरकार गठनका लागि तोकिएको समयसिमा सकिएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको असार २८ (शुक्रबार)को बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको थियो।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज साँझ ५ बजेभित्र आफ्नो दाबी पेश गर्न शुक्रबार आह्वान गरेका थिए। 

सो आह्वानअनुसार ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेश गरिसकेका छन्। 

एमाले अध्यक्ष ओली यसअघि २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *