गेरूवाका एक युवकमाथि बाघले आक्रमण गरेको छ । गेरूवा गाउँपालिका वडा नं. ४ गोलाका २८ बर्षीय राम कुमार थारूलाई मंगलबार साँझ ५ बजेतिर गेरूवा ४ दंगपुर स्थित गेरूवा नदीको किनारमा बाख्रा चराउने क्रममा बाघले आक्रमण गरेको हो।
बाख्रा चराउन अन्य गोठालाहरू पनि गएका र उक्त घटना देखेर हल्लाखल्ला मच्चाएपछि बाघ भागेको एक गोठाला बताउँछन्। थारूको घाँटी, चिउडो, ढाडमा सामान्य चोट लागेको बडघर लक्ष्मीप्रसाद चौधरीले जनाएका छन् । थारूको स्थानीय मेडिकलमा उपचार गरिएको बताइएको छ।
“खुल्ला ठाउँमा बाख्रा चराउन लागेका थारूलाई अगाडिबाट बाघले आक्रमण गरेको थियो । धेरै गोठालाहरू नजिकै रहेको अवस्थामा हल्लाखल्ला गर्यौ जसकारण बाघ भाग्यो अन्यथा राम कुमारको अन्तिम दिन हुने थियो।” एक प्रत्यक्षदर्शीले बताए।
