राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका संघ (आइपियु)को १५२ औँ महासभामा सहभागी हुन संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज टर्कीको इस्तानबुल प्रस्थान गरेका छन्।
वैशाख २ देखि ६ गतेसम्म इस्तानबुलमा आयोजना हुने महासभामा अध्यक्ष दाहालले ‘भावी पुस्ताका लागि शान्ति र न्याय सुनिश्चित’सम्बन्धी विषयमा प्रवचन दिने संघीय संसद् सचिवालयले जनाएको छ।
अध्यक्ष दाहालले भ्रमणका दौरान विभिन्न देशका संसद्का प्रमुखसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनले असंलग्न आन्दोलन(नाम) संसदीय सञ्जालको पाँचौ सम्मेलनमा पनि मन्तव्य दिने कार्यक्रम रहेको छ।
अन्तर–व्यवस्थापिका संघका स्थायी समितिका कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलमा सम्मिलित सांसदहरु सहभागी हुनुहुने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। नेपाली प्रतिनिधिमण्डल यही वैशाख ८ गते स्वदेश फर्कने कार्यक्रम छ।
