एसीसी एशिया कप २०२४ क्रिकेटमा नेपाल भारतसँग फराकिलो हार बेहोर्दै बाहिरिएको छ । १ सय ७९ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि सिता राना मगरले १८, विन्दु रावलले १७, रुबिना क्षेत्रीले १५ तथा कप्तान इन्दु वर्माले १४ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अङ्क पनि बनाउन सकेनन् । भारतका लागि दीप्ति शर्माले ३, राधा यादव र अरुणधती रेड्डीले समान २-२ तथा रेणुका सिंहले १ विकेट लिइन् ।

त्यसअघि दाम्बुलामा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको हो । भारतका लागि ओपनर शफाली वर्माले ४८ बलमा १२ चौका र १ छक्का सहित सर्वाधिक ८१ रन बनाइन् । यस्तै अर्की ओपनर दयालन हेमालथाले ४२ बलमा ५ चौका र १ छक्का सहित ४७ रन जोडिन् । यस्तै जेमिमाह रोड्रिगेजले १५ बलमा ५ चौका सहित २८ रन बनाउँदै अविजित रहिन् । ऋचा घोष ६ रनमा नटआउट रहिन् । सजीवन सजनाले १० रन बनाएकी थिइन् ।

नेपालका लागि सिता राना मगरले दुई विकेट लिइन् भने कविता जोशीले एक विकेट लिइन् ।

समूह ‘ए’ मा रहेको नेपालले दुई अङ्कसहित प्रतियोगिताको अन्त्य गरेको छ । नेपाल रहेको समूहबाट भारत छ अङ्कसहित समूह विजेता र पाकिस्तान चार अङ्कसहित समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *