काभा वुमन्स नेसन्स लिग भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जीत निकालेको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा नेपालले भारतमाथि ३-२ को सेटमा जित निकालेको हो।
पहिलो सेट २५-१८ अंकमा जीत हासिल गरेको नेपालले दोस्रो सेट १२-२५ अंकले गुमाउन पुगेको थियो । तेस्रो सेटमा २५-१७ अंकले जीत निकाल्दै अग्रता लिएको नेपाल चौथो सेटमा १८-२५ अंकले गुमाउन पुग्यो । पाँचौँ सेटमा १५-१३ अंकले जीत निकाल्दै नेपालले इतिहास बनाएको हो ।
तीन खेल खेलेको भारत सात अङ्कसहित शीर्ष स्थानमा छ। पहिलो खेलमा श्रीलंकालाई हराएको नेपालको यो लगातार दोस्रो जित हो। नेपाल दुई खेलमा पाँच अङ्कसहित दोस्रो स्थानमा पुगेको छ ।
भारतले यसअघि इरान र भाल्दिभ्सलाई हराएको थियो । काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान सहभागी छन् । शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।
