रामेछापमा बिहीबार साँझ परेको अविरल वर्षाका कारण पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ। गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ फर्पुमा हिजो साँझ पहिरोमा परेर तीन जनाको मृत्यु भएको हो।
पहिरोले बिमन तामाङको घर पुरिँदा १८ वर्षकी सीता तामाङ, १५ वर्षकी आशिका तामाङ र १३ वर्षकी लक्ष्मी तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
घरको पछाडिपट्टीको कुलेसोतर्फबाट पहिरो झरेको थियो । पहिरोको जोखिममा रहेका केही घरका स्थानीयको उद्धार भएको छ।
