साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज बंगलादेशसँग खेल्दैछ। आज  दिउँसो साढे २ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल सुरु हुनेछ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो सेमिफाइनलमा खेलमा ब‌ंग्लादेशले ‘टाइब्रेकर’मा भारतलाई ४–३ गोल अन्तरले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो।

निर्धारित समयमा दुवै टोलीबीच १-१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा बंग्लादेशका गोलकिपरले भारतीय दुई खेलाडीको प्रहार रोकेर टोलीलाई फाइनलमा पुर्‍याएका हुन्।

त्यसअघि नेपालले पनि ट्राइब्रेकरमा भुटानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। समूह चरणमा नेपालले श्रीलंका र बंग्लादेशलाई पराजित गरेको थियो।