बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–९ कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरीको नहरले बगाउँदा ज्यान गएको हो ।

बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा गएराति नहरको किनारमा बालिकाको चप्पल फेला परेको थियो। बालिकाको शुक्रबार बिहान शव फेला परेको बर्दिया जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।

नहर किनारमा चप्पल फेलापरेपछि प्रहरीले बालिका नहरमा बगेको आशङ्कामा खोजी गर्दै जाँदा बालिकाको शव चप्पल भेटिएको ठाउँबाट चार किलोमिटर पश्चिमतर्फ वडा नम्बर ९ स्थित धोविनपुर भन्ने ठाउँमा फेला परेको हो।