नवलपरासी बर्दघाट–सुस्तापूर्वमा निर्माणाधीन घरको सेप्टिक ट्याङ्कीमा भित्र काम गर्ने क्रममा बेहोस भएका तीन जनाको मृत्यु भएको छ । स्थानीय भोला सिंह क्षेत्रीको निर्माणाधीन अवस्थामा रहेको घरको ट्वाइलेटको सेप्टिक ट्यांकी भित्र काम गर्ने क्रममा बेहोस भएका तीन जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
विनयी त्रिवेणी गाउँपालिका वडा नं ७ रानीनगरका भोला सिंह क्षेत्रीको निर्माणाधीन रहेको घरको शौचालयको सेफ्टिक ट्याङ्की भित्र काम गर्ने क्रममा आज दिउँसो बेहोस भएका थिए ।
भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारका क्रममा मृत्यु हुनेमा ३८ वर्षका प्रकाश सिंह, स्थानीयबासिन्दा १९ वर्षका गणेश बोगटी र काम गर्ने मिस्त्री २८ वर्षका मोहम्मद राजाको रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
