१५ भदौ । मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ ।
आज बिहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर जनाएको छ । भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्लाहरुमा महशुस गरिएको थियो ।
यसअघि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो ।
