चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तरगत सिमलतालमा बस र ट्रक ठोक्किएका छन्।
मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीका अनुसार ग २ ख ११०८ नम्बरको ट्रक र भारतीय नम्बर प्लेटको ए आर ०१ टी ६३७२ नम्बरको बस एक आपसमा ठोक्किएका हुन् ।
भण्डारीका अनुसार दुर्घटनामा ट्रक चालकसहित केही यात्रुहरु घाइते भएका छन्। अहिले उद्धारको काम भइरहेको र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए।
