दैलेखमा एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। दैलेखको आठबीस नगरपालिका वडा नम्बर ९ की २४ वर्षीया कौशी कठायतलाई हेलिकप्टरबाट उद्धार गरिएको हो।
रक्तस्राव बढेपछि गर्भवती कौशीलाई थप उपचारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत लगिएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो।
आठबीस नगरपालिकामा कार्यरत स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सेनाले दैलेखमा अप्रेसनको सुविधा नभएका कारण गर्भवतीको थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाउन परेको बताए।
