नव नियुक्त गृह सचिव गोकर्णमणि दुवाडीले पद बहाली गरेका छन् । उनले गृह मन्त्रालयमा पुगेर पदवहाली गरेका हुन् ।
मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले दुवाडीलाई गृह सचिव बनाउने निर्णय गरेको थियो । तत्कालीन गृह सचिव एकनारायण अर्याल मुख्यसचिवमा नियुक्त भएसँगै गृह सचिव पद रिक्त रहेको थियो ।
उनी हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतको राष्ट्रिय तथ्यांक कार्यालयमा सचिव छन्। यसअघिका गृहसचिव एकनारायण अर्याललाई सरकारले गत भदौ १३ गते मुख्यसचिव नियुक्त गरेपछि गृहसचिव पद रिक्त छ।
शुक्रबार मन्त्रिपरिषदको सार्वजनिक भएको २४ वटा निर्णमा गृह सचिव सरुवाको विषय उल्लेख नभए पनि फेरि शुक्रबार दिउँसो निर्णयमा दुवाडीको नाम लेखेर प्रमाणीकरण गरेर सरुवाको पत्र तयार गरिएको हो।

