वर्षासँगै पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ।
मकवानपुरको बकैया गाउँपालिका-१२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो हटाउने काम भइरहेको बताइएको छ ।
