नेपाल राष्ट्र बैंकले दशैँको लागि आजदेखि सुकिला नोट वितरण गर्ने भएको छ। केन्द्रीय बैंकले विगतमा दशैँअघि नयाँ नोट वितरण गर्दै आएको भए पनि यसवर्ष नयाँ नोटको साट्टो सुकिला नोट वितरण गर्ने भएको हो।
आजदेखि सर्वसाधारणले नेपाल राष्ट्र बैंकको कार्यालय र वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट सुकिला नोट साट्न सक्नेछन्। विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि केन्द्रीय बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरको १/१ सेटको दरले १८ हजार ५०० रुपैयाँको सुकिला नोट सटही गर्न सक्ने जनाएको छ।
दशैंमा नयाँ नोट वितरण गर्दा चाँडै पुरानो हुने भएकोले पनि केन्द्रीय बैंकले नयाँ नोटको सट्टामा सुकिला नोट वितरण गर्न लागेको हो।बैंकमा साना दरका सुकिला नोट नै पर्याप्त रहेको भन्दै केन्द्रीय बैंकले यो दशैंमा सुकिला नोटको सटही गर्ने भएको हो ।
गत वर्ष साटिएका नयाँ नोट राष्ट्र बैंकमा नै फिर्ता आएको थियो । सोही नोट यो दशैंमा बैंकले सटही गर्न लागेको हो।
