अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ। समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै टीकाको ‘अन्तर्राष्ट्रिय साइत सार्वजनिक गरेको हो।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव लक्ष्मण पन्थीका अनुसार वैदिक सनातन हिन्दू धर्मावलम्बी विश्वभर फैलिएका र ती देशमा नेपालीको सङ्ख्या पनि बढेर दशैँको साइत माग भएपछि विजया दशमी २०८१ को शुभसाइत सार्वजनिक गरिएको बताउनुभयो।
नेपालमा विजयादशमीको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ। यसैगरी भारतको दिल्लीका लागि १२ अक्टोबर बिहान ११:४२ बजेका लागि साइत निकालिएको छ।
यस्तै अमेरिकाको न्यूयोर्कमा १२ अक्टोबर बिहान १०:०१, फ्याङ्कफर्ट केन्टुकीमा १०:३९, वोवेन्स्वोरोक, केन्टुकीमा बिहान ०९:४५, टेक्सासमा बिहान १०:०५, वासिङ्टन डीसीमा ०९:५५ र क्यालिफोर्नियाका लागि बिहान ०९:३९ बजेको समय उत्तम रहेको समितिले जनाएको छ।
यस्तै क्यानडाको टोरन्टोका लागि बिहान १०:१५ र भ्यानकुभर, क्यानडाका लागि १०:२७ बजेको साइत उत्तम रहेको समितिले बताएको छ। पोर्चुगलको लिस्बनका लागि बिहान १०:२४, बेलायतको लण्डनका लागि बिहान १०:२१, फ्रान्सको पेरिसका लागि बिहान १०:२३, नर्वेको आस्लोका लागि बिहान १०:१९, मलेसियाको क्वालालम्पुरका लागि बिहान ११:५७, युनाइटेड अरब इमिरेट्सको अबुधावीका लागि ११:४५, कतारको दोहाका लागि बिहान ११:०५ र थाइल्याण्डको बैंककका लागि बिहान ११:२१ बजे उत्तम साइत छ।
यस्तै साउदी अरेबियाका लागि बिहान ११:२३, म्यानमारका लागि बिहान ११:२१, स्वीट्जरल्याण्डको जेनेभामा बिहान ११:५५ र माल्टामा बिहान १०:४५ बजे उत्तम साइत रहेको छ।
यस्तै अन्य केही देशमा रहेका नेपालीका लागि विजयदशमीको टीकाको साइत अक्टोबर १३ मा निकालिएको छ। जापानको टोकियोका लागि अक्टोबर १३ बिहान ११:३५, अष्ट्रेलियाको सिड्नीका लागि ११:२१,मेलबर्नका लागि ११:२७,ब्रिसवेनका लागि ११:२९, क्याबेराका लागि ११:१५, न्युजिल्याण्डको वेलिङ्टनका लागि १:२५ बजेको साइत उत्तम छ।
हङकङका लागि बिहान ११:४३, दक्षिण कोरियाको सियोलका लागि बिहान ०९:१५, याङ्गुन, विजयादशमीको टीका लगाउन उत्तम रहेको समितिका सचिव पन्थीले बताए।

