मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन्। उनले छ हजार नौ सय ६९ मत ल्याएर कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरेका हुन् ।
नेपाली कांग्रेसका बलराम सरदारले पाँच हजार तीन सय ३३ र एमालेका तुलसीराम विश्वासले चार हजार एक सय ५९ मत ल्याए। यस्तै राप्रपाका दिनेशकुमार थन्दारले ५५५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार विश्वास खवासले ३७५ मत पाए।
२०७९ को स्थानीय तह निर्वाचनमा यस पालिकाको अध्यक्षमा कांग्रेस विजयी भएको थियो । कांग्रेसबाट निर्वाचित जयप्रकाश गच्छदारको निधनपछि उपनिर्वाचन भएको हो ।
