नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुदैँछ। किर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९ बजे सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्ससँग खेल्दैछ।
सन्दीपको कप्तानीमा रहेको विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो भने जारी एनपीएलमा सुदूरपश्चिमको यो पहिलो खेल हो।
यस्तै, दोस्रो खेलमा दिउँसो १ बजे चितवन राइनोज र पोखरा एभेन्जर्स खेल्दै छन्। कुशल मल्लको कप्तानीमा रहेको चितवन लगातार दोस्रो जितको खोजीमा रहनेछ। चितवनले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो। कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा भने पहिलो खेल खेल्दैछ। जितका साथ लिग सुरुवात गर्ने लक्ष्यमा पोखरा रहेको छ।
घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा आठ वटा फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स,कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन् ।
