सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। 

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारीद्वारा जारी सूचनामा २०८० माघ २९ को नेपाल राजपत्रमा यसअघि नै प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद ईद उल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा आज सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ।

इस्लाम धर्मावलम्बीको महान् पर्व ‘ईद-उल-फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *