जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी एकतापछिको नाम नागरिक जनमत पार्टी राख्न दुवै दल सहमत भएका छन्। आइतबार बर्दियामा बसेको एकता कार्यदलको बैठकले नाम‚ चुनाव चिह्न र पदीय जिम्मेवारीमा सहमति गरेको हो।

सिके राउतलाई पार्टी अध्यक्ष बनाउने र चुनाव चिह्न ढकिया राख्ने गरी सहमति भएको छ। पार्टी वरीयतामा रेशम चौधरीलाई संरक्षक‚ सिके राउतलाई अध्यक्ष र रञ्जिता चौधरीलाई त्यसपछिको क्रममा राखिने भएको छ।

कार्यदलमा समेत रहेका जनमतका उपाध्यक्ष अब्दुल खाँणले चुनाव चिह्न नागरिक उन्मुक्ति पार्टी ‘ढकिया’ राख्ने निर्णय भएको जानकारी दिए। त्यस्तै भूगोलको हिसाबले पूर्वी जिल्ला झापादेखि चितवनसम्म सिकेले हेर्ने र नवलपुरदेखि कञ्चनपुरसम्म रेशमले हेर्ने गरी बाँडिएको उनले बताए।