बुटवलको बुद्धनगरमा एक युवतीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा बस्ने टीका विष्ट क्षेत्रीमाथि बिहान साढे ९ बजेतिर गोली प्रहार भएको हो।

उनको कम्मरमाथि गोली लागेको प्रहरीले जानकारी दिएको छ। गम्भीर अवस्थामा रहेकी उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए।

पाल्पाको रैनादेवी गाउँपालिका छहरा घर भई हाल बुटवल–११ बुद्धनगर बस्ने विष्टमाथि मोटरसाइकल चढेर आएका व्यक्तिले गोली हानेर भागेको र गोली प्रहार गर्नुको कारण भने हालसम्म नखुलेको डीएसपी कार्कीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *