सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी विजयी भएकी छन्। शुक्रबार राति सम्पन्न निर्वाचनमा पन्थीले १४९ मत ल्याएर अध्यक्ष निर्वाचित भएकी हुन्। अध्यक्षका अर्का प्रत्याशी पवित्रा सुनारले ८७ मत पाइन्।
उपाध्यक्षमा बसन्ती बास्तोला १२८ मतसहित विजयी भइन्। निकटतम प्रतिस्पर्धी लोग्शरी कुँवरले १०० मत पाइन्। महासचिवमा भने राधा खनाल निर्विरोध निर्वाचित भएकी छन्। सचिवमा उर्बशी बस्न्यात १०७ मतसहित विजयी भइन्। निकटतम प्रतिस्पर्धी नुनुता राईले १०३ मत पाइन्। कोषाध्यक्षमा साजना तामाङ निर्वाचित भइन्। तामाङले १२० तथा उनी प्रतिस्पर्धी मञ्जिमा ढकालले १०५ मत पाए।
नयाँ कार्यसमितिको अध्यक्षमा कमला पन्थी, उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव (सर्वसम्मत) राधा खनाल, सचिव उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ विजयी भएकी छन्। त्यस्तै, सदस्यहरू कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी विजयी भएका छन्।
सञ्चारिकाको नवौँ महाधिवेशनका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार उद्घाटन गरेका थिए।
