पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले पाकिस्तानमा विगत २४ घण्टामा मनसुनी वर्षाका कारण कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएको जनाएको छ।
उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सबैभन्दा धेरै १४ बालबालिकासहित २१ जनाको ज्यान गएको विपद् अधिकारीलाई उद्धित गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। दक्षिणी सिन्ध प्रान्तमा दुई जना र कश्मीरमा एक जनाले ज्यान गुमाएका छन्।
ठूलो वर्षापछिको आकस्मिक बाढीका कारण जनधनको क्षति भएको छ। जुन महिनायताको मौसमी वर्षाले पाकिस्तानमा कम्तिमा सात सय ७१ जनाको ज्यान गएको तथ्याङ्क छ।
