गोरखाको भिमसेन थापा गाउँपालिका ३ तान्द्राङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।
काठमाडौंबाट गोरखाको आरुघाट सोतीतर्फ जाँदै गरेकोे बा ०१-००६ख ४१३१ नम्बरको बस तान्द्राङको टारिफाँटमा आज बिहान करिब साढे ५ बजे दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माका अनुसार दुर्घटनामा बसमा सवार २२ मध्ये २१ जना घाइते भएका र तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जनाएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए।
