जेन-जी आन्दोलनको दोस्रो दिन मङ्गलबार प्रदर्शनकारीहरू मुलुकको केन्द्रीय प्रशासनिक क्षेत्र सिंहदरबार प्रवेश गरेका छन्।
सिंहदरबारको पश्चिम गेटबाट प्रदर्शनकारी भित्र पसेका हुन्। गेटमा आक्रमण गर्दै प्रदर्शनकारीहरू सिंहदरबारभित्र छिरेको तहाँका कर्मचारीहरूले बताएका छन्।
मङ्गलबार भइरहेको आन्दोलन नियन्त्रणबाहिर छ। प्रदर्शनकारीहरूले नेताका घर, सरकारी कार्यालय र मन्त्री निवासमा समेत आगजनी गरेका छन्।
