खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिनुभएको छ। जेनजीहरूको प्रदर्शनका क्रममा हिजो १९ जना युवाले ज्यान गुमाएको घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिनुभएको हो।

‘प्रिय युवा भाई बहिनीहरू तपाईं नै मेरो प्रथम सहयोगी र मेरो जोश र उर्जाका सुत्रधार हुनुहुन्छ,’ उनले भनेका छन्, ‘हिजो जेनजी ुवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजिनामा दिने घोषणा गर्दछु ।’

हिजो जेनजी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन अनि सरकार र प्रशासनले गरेको दमनको विरोध गर्दै मन्त्री पदबाट राजिनामा दिएको उहाँको स्वकीय सचिवालयले जनाएको छ। उहाँले सबैलाई संयमता अपनाई युवा पुस्तालाई सहि मार्ग दर्शन दिन र सहयोग गर्न अपिल समेत गर्नुभएको छ।

यसअघि नेपाली कांग्रेसका तर्फबाट कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा घोषणा गर्नु भएको थियो।