जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार १२ बजेदेखि लागु हुने गरी भरतपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी आदेशअनुसार, अर्को सूचना नआएसम्म भरतपुरका तोकिएका क्षेत्रमा मानिसहरूलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन वा सभा गर्न पूर्ण रूपमा रोक लगाइएको छ।
कर्फ्यु लागेका क्षेत्रहरू पूर्व: केन्द्रीय बस टर्मिनल, पश्चिम: नारायणी पुल (पुलचोक), उत्तर: पोखरा बसपार्कदेखि विशालचोक र दक्षिण: त्रिचोक (भरतपुर विमानस्थल पछाडिको चोक) रहेको छ।
निषेधाज्ञा अवधिभर पनि अत्यावश्यक सेवाका गाडीहरु चल्न पाउनेछन् । एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, पर्यटकका गाडी, मानव अधिकार तथा कूटनीतिक नियोगका गाडी, हवाई टिकट देखाएर जाने यात्रुहरू लाई गन्तव्यमा जाने दिने सूचनामा भनिएको छ। साथै नागरिकहरूलाई कर्फ्युको पालना गर्न अनुरोध गरिएको छ।

