गृह मन्त्रालयको बन्दै गरेको नयाँ भवनमा अन्तरिम सरकारका प्रधानमन्त्रीको लागि कार्यकक्ष तयार गरिएको छ। मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले गरेको निरीक्षणपछि सिंहदरबारमा व्यवस्थापन शुरू भएको हो।
हालका लागि सिंहदरबारभित्रै निर्माणको अन्तिम चरणमा पुगेको नयाँ गृह मन्त्रालयको भवनलाई आवश्यक सामानहरूको व्यवस्थापन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका रुपमा व्यवस्थापन गर्न लागिएको बताइएको छ।
आन्दाेलनका क्रममा सिंहदरबारका सबैजसो भवनमा आजगनी र ताेडफाेड भएको छ।
