राष्ट्रपति रामचन्द्र पौडेलले संकटकाल लगाएर प्रतिनिधिसभा भंग गर्न तयार भएका छन्। पछिल्लो दुई दिनदेखि शितल निवासमा चलिरहेको वार्ता संसद विघटन गर्ने सहमतिमा टुङ्गिएको छ।

विघटन लगत्तै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने पनि सहमति भएको छ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तिम सरकारको प्रमुखमा चयन गर्ने विषयमा गएराती नै सहमति जुटे पनि संसद् विघटनका विषयमा सहमति जुट्न सकेको थिएन।

नयाँ सरकार गठनका लागि छलफल गर्न कार्कीसहितको टोली शीतलनिवास पुगेको थियो। दिनभरीकाे छलफलपछि अन्त्यमा संविधान विघटन गर्ने विषयमा सहमति जुटेको हो। 

कार्कीले आजै बेलुका ९ बजे शपथ लिने छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *